१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरपालिकामा उम्मेदवारी दर्ता



पोखरा, पोखरा लेखनाथ महानगरपालिकामा वैशाख ३१ गते हुने निर्वाचनका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा दलहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेसले प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङको उम्मेदवारी दर्ता गरेको छ ।

नेकपा एमालेले प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मन्जु गुरुङको उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले प्रमुखमा विश्वप्रकाश लामिछाने र उपप्रमुखमा गोमा ढकाललाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीको उम्मेदवारी परेको छ ।

त्यस्तै महानगरपालिकाका लागि समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट प्रमुखमा हुम गुरुङ र उपप्रमुखमा लक्ष्मी खाती परियारको उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख राजनीतिक दलका साथै विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी समेत दर्ता भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू पोखराका विभिन्न स्थानबाट बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेका थिए । रासस

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००