१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपातका कारण धो देखि साल्दाङ हेलिकप्टरमा



डोल्पा, स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

मौसमकमा अएको खराबीका कारण भारी हिमपात हुदा धो बाट साल्दाङ जाने बाटो अवरुद्ध हुदा धो पुगिसकेको कर्मचारीको टोलीलाई सेनाको हेलिकप्टरको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए ।

थुप्रै भौगोलिक कठिनाइबीच पनि उपल्लो डोल्पामा निर्वाचन गराउन कर्मचारी हिँड्ने क्रम जारी रहेकाले यही वैशाख २१ गतेसम्म सबै कर्मचारी हिँडिसक्ने र वैशाख २७ गतेभित्र पुगिसक्ने समेत निर्वाचन अधिकारी बुढाले जानकारी दिए ।

उपल्लो डोल्पाका २२ वटै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुगेर पनि आज धमाधम उम्मेदवार मनोनयन दर्ता कार्य भइरहेको समेत बुढाले जानकारी दिए । रासस

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००