७ चैत्र २०८१, शुक्रबार | Sat Mar 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाख ३० गतेभित्र परिचयपत्र लिन आह्वान



रसुवा, वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते बिहान ७ बजेदेखि ३० गते साँझ ७ः३० बजेसम्म वितरण गरिने भएकाले आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण रसुवाली मतदातालाई आह्वान गरिएको हो ।

मतदाता परिचयपत्र आआफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिने निर्वाचन अधिकारी खालिङले बताए । उनका अनुसार मतदान हुने दिन परिचयपत्र वितरण हुने छैन । मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । रासस

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००