१९ कार्तिक २०८३, बुधबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याङलुङ नगरपालिकाः विरोधपछि कर सङ्कलन स्थगित

लेखक स्थानीय खबर २९ भाद्र २०७५, शुक्रबार १ मिनेट पढाइ

 

भदौ २९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो ।

यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कार्यपालिकाको बिहीबार बसेको २२औँ बैठकले उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको जानकारी उनले दिए । यसअघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग समेत कर उठाएकामा आलोचना भएको थियो ।

प्रसूति हुनेहरूलाई एम्बुलेन्स खर्च

उक्त नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताइन् ।

सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत दुई हजार उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रका महिलाको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसूति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पु¥याउने उपप्रमुख डाँगीले बताइन् ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।