७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छः मन्त्री थापा



 

भदौ २६, भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।

चाँगुनारायण नगरपालिका नगरस्तरीय बाल संरक्षण तथा सम्बर्द्धन समितिले आयोजना गरेको नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा बोल्दै उनले भनिन्, “स्थानीय सरकारलाई जति बलियो र जनताप्रति जवाफदेही बनाउन सक्यो, त्यति नै लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुन्छ ।”

जनताको अत्यन्तै नजिक रहेर काम गर्ने सरकारका रुपमा स्थानीय सरकार रहेको चर्चा गर्दै उनले लामो समय जनप्रतिनिधि नभएका कारण मौलाउँदै गएको अराजकता, विकृति, विसङ्गति स्थानीय सरकारमा अझै रहेको बताइन् । देशमा बढ्दो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा बढ्दो हिंसा एवं बलात्कारका घटना रोक्न स्थानीय सरकारले संयन्त्र बनाएर सक्रिय हुनुपर्नेमा मन्त्री थापाले जोड दिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रजिअ नारायण भट्टलगायतले बालबालिकाको संरक्षण, उनीहरुको हक अधिकारका लागि नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्नु सकारात्मक रहेको चर्चा गरे । कार्यक्रममा बालबालिकाले कविता, गीत तथा नृत्य प्रदर्शन गरेका थिए ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार ००:००