१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण



बाजुरा, जिल्लामा रहेको नागरिक समाज बाजुराले बालबालिकाको अवस्थाका बारेमा विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

नागरिक समाज बाजुराले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न जिल्लाका राजनीतिक दल, जिल्ला शिक्षा कार्यालय र निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

बालबालिकाले स्वतन्त्र रुपमा पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष अग्नि शाहीले बताए । विद्यालयमा कक्षा सञ्चालन हुनुपर्ने र विद्यार्थीले स्वतन्त्र रुपमा पढ्न पाउनुपर्ने भन्दै जिल्लाशिक्षा कार्यालय बाजुरालाई तीनबुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

स्थानीय तहको निर्वाचनमा विद्यालयलाई प्रयोग नगर्न, विद्यालय बन्द गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न, निर्वाचनमा शिक्षकलाई यथाशक्य कम प्रयोग गर्न र विद्यालयको पूर्वाधार संरक्षणमा ध्यान दिनपर्ने लगायत माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । नागरिक समाजले विद्यार्थी भर्ना अभियान सकिए पनि पाठ्यपुस्तक नपुगेको भन्दै जिल्ला शिक्षा कार्यालय बाजुरालाई ध्यानाकर्षण गराएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालयमा रहेका बालबालिकाको अवस्थाका बारेमा प्रहरी निरीक्षक सुदाम रावलसँग पनि जानकारी लिइएको छ । अहिले जिल्ला प्रहरी कार्यालय बाजुरामा पाँच जना बालबालिका रहेका छन् । दुई जना माविमा भर्ना भएका छन् भने दुई जना उमाविमा पढ्दै र एक अन्यगरी पाँच जना प्रहरी हिरासतमा रहेको जिप्रका बाजुराले जनाएको छ । उनीहरु झै–झगडा सम्बन्धीको सार्वजनिक मुद्दा अन्तर्गत अनुसन्धानको प्रक्रिया भइरहेको सूचना अधिकारी सुदाम रावलले बताए ।

यता जिल्लाका राजनीतिक दलले बालबालिकालाई स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । रासस

प्रकाशित मिति : १८ बैशाख २०७४, सोमबार ००:००