६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरले अनलाइन बाटै हस्ताक्षर गर्ने



काठमाडौं, नागरिकलाई थप सुविधा दिन काठमाडौं महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

गत साउनदेखि नै नक्साको काम अनलाइनबाट हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । सबै प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामा अब त्यो पनि अनलाइन बाटै हुने महानगरका इन्जिनियर राम थापाले जानकारी दिए । यो व्यवस्था भएसँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास महानगरले लिएको छ ।

यसअघि नक्सा पासको सबै काम अनलाइनबाट भए पनि हस्ताक्षर हातले हुने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति महानगरमा आउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त हुने भएका छन् । घरबाट नै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन ।

यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको र केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम सुरु हुने थापाले जानकारी दिए ।

यससंगै महानगरले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाइए पछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ ।

यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने महानगरले नगरवासीलाई चेतावनी दिएको छ । रासस

प्रकाशित मिति : १८ बैशाख २०७४, सोमबार ००:००