२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाैं प्रमुख पद मध्ये एकमा महिला उम्मेदवार



कालीकोट, यहाँका तीन नगरपालिका र छ गाउँपालिकाका प्रमुख पदमा एक जना मात्र महिला उम्मेदवार छनोटमा परेकी छन् ।

नेकपा एमाले कालीकोटले महावै गाउँपालिका अध्यक्षमा दानकला सिंहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी तिलागुफा नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपप्रमुखमा दन्ता विश्वकर्मालाई उठाइने भएको छ ।

नेपाली कांग्रेसले खाँडाचक्र नगरपालिका प्रमुखमा पदमबहादुर शाहीलाई उम्मेदवारीका लागि छनोट गरेको छ । त्यसैगरी माओवादी केन्द्रले तारा न्यौपानेलाई पचालझरना गाउँपालिका उपाध्यक्षमा तथा अग्रबहादुर विष्टलाई नरहरिनाथ गाउँपालिका अध्यक्षमा लडाउने भएको छ । एमालेले खाँडाचक्र नगरपालिका उपप्रमुखमा विजया विष्ट र पचालझरनामा दक्षिणा शाहीलाई उम्मेदवारका लागि छनोट गरेको छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार ००:००