Logo

एमालेद्वारा विदुरमा पण्डित र बेलकोटमा खनाल उम्मेदवार



नुवाकोट, नेकपा एमालेले विदुर र बेलकोटगढी नगरपालिका प्रमुखमा दुई उम्मेदवार चयन गरेको छ ।

सो अवसरमा विदुरका प्रमुखमा सञ्जु पण्डित र बेलकोटगढी प्रमुखमा राजेन्द्ररमण खनाललाई उम्मेदवार बनाउने निर्णय गरिएको एमालेले जनाएको छ । यस्तै बेलकोटगढी नगरपालिका उपप्रमुखमा रुपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्