५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेर्खु खोला डाइभर्सन बाढीले बगाएपछि पासाङल्हामु सडक अवरुद्ध



भदौ १३, नुवाकोट । नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्ड अन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा दर्जनौं सवारीसाधान रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो । त्यसपछि भदौ ६ गते ह्युम पाइप राखेर अस्थायी संरचना बनाई सवारीसाधन सञ्चालन गरिएको थियो ।

खोलामा आएको बाढीले सो अस्थायी संरचना पनि भत्काएपछि सडक पुनः अवरुद्ध भएको छ । खोलामा पानीको बहाव घटेपछि फेरि अस्थायी संरचना निर्माण थालिने प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

यस्तै, विदुर नगरपालिका १० तिरतिरको भीरमा आज बिहान पहिरो जाँदा पासाङल्हामु सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ००:००