१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाइन मार्फत घटना दर्ता गर्ने काम तीव्र गतिमा



काठमाडौँ, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले अनलाइनमार्फत घटना दर्तागर्ने काम तीव्र गतिमा सञ्चालन गरेको छ ।

विभागले जन्म, मृत्यु, बसाइँसराइँ, सम्बन्धविच्छेद र विवाह प्रणालीलाई व्यवस्थित बनाउनका लागि अनलाइनमार्फत घटना दर्ता गर्ने कामलाई तीव्रता दिएको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताए । देशका सबै स्थानीय तहमा अनलाइनमार्फत घटना दर्ता गर्न विभागले तालिम दिइरहेको छ । उनले भने, “रकम वितरण गर्न सहज होस् भनेर सबै रेकर्डहरु कम्युटरमार्फत राख्न सबै स्थानीय तहमा तालिम दिने काम गरिरहेका छौँ ।”

विभागले काठमाडौँ उपत्यकाभित्र ललितपुर जिल्लाका तीन गाउँपालिकाबाहेक सबै वडा कार्यालयबाट अनलाइनमार्फत घटना दर्ताको काम गरिरहेको छ । विसं २०७१ असोजमा स्थापित विभागले सोही वर्षको माघदेखि काठमाडौँमा अनलाइन मार्फत घटना दर्ताको काम सुरुआत गरेको थियो ।

विभागका महानिर्देशक ठाकुरले स्थानीय तहको संरचना संगै सबै नगरपालिका तथा वडामा सेवा दिन यही वैशाखदेखि तीव्र गतिमा काम गरिएको र हालसम्म छ सय ८७ कार्यालयमार्फत काम भइरहेको बताए ।

विभागले सबै महानगरपालिकालाई आगामी जेठ मसान्तभित्र व्यक्तिगत घटनालाई अनलाइनमार्फत सञ्चालन गर्न निर्देशनसमेत दिइसकेको छ । यस्तै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको केन्द्रीय कार्यालयमार्फत जेठ १५ सम्म सेवा दिन निर्देशन दिइएको छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार ००:००