१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्तनगरमा पुनः निषेधाज्ञा



 

भदौ १०, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः निषेधाज्ञा लगाइएको छ । भीमदत्त नगरपालिका ४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः निषेधाज्ञा लगाइएको हो ।

भीमदत्त नगरपालिका २ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजे देखि १० बजे सम्मका लागि निषेधाज्ञा हटाइएको थियो ।

अर्काे आदेश नभएसम्म निषेधाज्ञा जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका १८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।
रासस

प्रकाशित मिति : १० भाद्र २०७५, आइतबार ००:००