१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर नगरपालिकामा ८० वर्ष कटेका वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा



 

नारायण ढुंगाना
भदौ ४, रत्ननगर ।

चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग छिन् । जनप्रतिनिधि सहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उनी खुशी भएकी हुन् । अघिल्लो वर्ष स्थानीय तहको चुनावका भोट हालेर फर्कने बित्तिकै उनलाई उच्च रक्तचापले ढाल्यो । निको बनाउन अस्पताल राखिए तर, व्यथा झन् बल्झियो ।

“लौ अब बाँचिंदैन झै लाग्याथ्यो, अस्पतालले पनि अब सकिन्न, घरै लैजानू भनेर पठाए,” बुहारी भवानीले घटना सम्झँदै भनिन्, “घरमै राखेर औषधिमुलो ग¥यौं । अहिले शरीर फि¥यो ।” खड्गकुमारीले अर्को जुनी पाएकामा खुशी भएको ढुंगानाको परिवार आज अकस्मात् घरमै सरकार (स्थानीय तहका जनप्रतिनिधि) आइपुग्दा रोमाञ्चित नै भए । औषधिसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको थियो ।

“तपाईंहरु आउनुभयो, गजब भो बाबु, अब ओल्लार–पल्लार हिंड्न पाए हुन्थ्यो,” प्रदेश नं ३ की सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडीसामु आशावादी देखिएकी खड्गकुमारीले भनिन् ।

अहिले खड्गकुमारीलाई हिँड्डुल गर्न गा¥हो हुन्छ । रक्तचापको औषधि नियमित खानुपर्छ । ह्वीलचियरको प्रतीक्षामा छन् उनी । यताउता जाँदा परिवारले समाइदिनुपर्छ । उनलाई अस्पताल लान र लैजान बडो समस्या हुन्छ । अशक्त वृद्धवृद्धाले यसरी घरघरै उपचार पाउने हो भने सामान्य जनता धेरै खुशी हुनेछन् । यस्तो उदाहरणीय प्रयाश रत्ननगर नगरपालिकाले शुरु गरेको छ ।

रत्ननगर ५ झुवानीकै छिमेकी ९१ वर्षीय टंककुमारी रिजाल पनि बिरामी छन् । चाउरिएका गाला उज्यालो पार्न उनलाई सकस हुन्छ । लठ्ठीको सहाराले हिँड्डुल गर्छिन् । “के हुन्छ आमा ?” स्वास्थ्यकर्मी शिवप्रसाद पौडेलले सोधे । “पेट, छाती यसै भतभत हुन्छ,” साउतीको स्वरमा उनले जवाफ दिइन् ।

नापजाँच गर्दा उनमा रक्तचाप र चिनीको मात्रा सामान्य देखियो । उनलाई पनि नियमित रक्तचापकै औषधि खुवाउने गरिएको बुहारी नीलकुमारी रिजालले बताइन् ।

सन्तानब्बे वर्षका वृद्ध विष्णुप्रसाद रिजाल अझै ठमठम्ती हिँड्छन् । “बेलाबेलामा रिंगटा लाग्ने भाउन्न हुने हुन्छ, दिसापिसाब सबै राम्रो छ, त्यही पनि पिसाब चाहीँ पोल्छ,” रिजालले स्थास्थ्यकर्मीसामु आफ्नो समस्या बताए ।

यसरी गाउँमै जनप्रतिनिधि आउँदा उहाँपनि दङ्ग परे । “खासा लाग्यो, यसरी सेवागर्न आएपछि धेरै आशा भरोसा हुन्छ,” रिजालले आफ्नो संक्षिप्त प्रतिक्रिया दिए । कतिपय वृद्धवृद्धा जनप्रतिनिधिहरु एक्कासी घर आएको देखेर नै दंग परे । कतिपय भने जाँच गर्न आउने थाहा पाएपछि नजीकैको झुवानी विद्यालयमा जम्मा भएका थिए ।

“अलिकति सुगर छ भन्या छ, घर खोज्दै खोज्दै आउँछन् रे,” स्वास्थ्य परीक्षणपछि घर जाँदै गर्दा ८० वर्षकी गंगादेवी लम्सालले भ्निन् ।

उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । चितवनको रत्ननगर नगरपालिकाले अहिले ८० वर्ष कटेका वृद्धवृद्धालाई घरघरै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ । घरधुरी सर्वेक्षणमा रत्ननगरमा १ हजार ५० जना ८० वर्ष कटेका वृद्धवृद्धा छन् । उनीहरु हरेकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने नगरप्रमुख नारायण वनले बताए ।

“प्रारम्भिक सेवा घरमै हुन्छ, जटिल भए एम्बुलेन्समार्फत विशेषज्ञ चिकित्सककहाँ पु¥याउँछौं,” वनले भने, “यो अभियान अब दैनिक चल्छ ।” नगरपालिका विस्तारै समृद्ध हुँदै गएपछि भने उमेर हद घटाएर ७० वर्षमाथिकालाई पनि सेवा पु¥याउने सोच रत्ननगर नगरपालिकाले बनाएको छ ।

अहिले पनि कतिपय परिवारमा आफ्ना बुबाआमालाई वृद्धाश्रम लगेर छाड्ने चलन छ । कतिपयले हेला गरेर घरमै राखेका छन् । यसरी जनप्रतिनिधिहरु घरघरै आएर सेवा दिनु अन्य स्थानीय तहका लागि समेत नमूमा हुने निर्विवाद छ । नेपाल सरकारको घरघरमा सिंहदरबार पु¥याउने लक्ष्य जनप्रतिनिधिहरुले यसरी अग्रसरता देखाइदिए सफल हुन्छ भन्ने उदाहरण हो रत्ननगर नगरपालिका ।

“गाउँगाउँमा, घरघरमा सरकार भनेको यही हो, राज्यको उद्देश्य पूरा गर्ने अभियान यही हो,” प्रदेशसभा सदस्य कञ्चन खनालले भनिन् । वृद्धवृद्धाको अभिभावक बनेर नयाँ कार्यक्रमको थालनी गरेकामा उनले रत्ननगर नगरपालिकालाई धन्यवाद पनि दिइन् ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना वृद्धवृद्धा र नयाँ पुस्ताबीच अनुभव आदानप्रदानका लागि ‘उहिलेका कुरा’ कार्यक्रमसमेत रत्ननगरले सञ्चालन गर्न लागेको बताउछन् । रत्ननगरलाई नमूना नगर बनाउने सोच राखिएको छ ।

रत्ननगरले यति मात्रै होइन यहाँ बाँझो जमीन राख्नेमाथि कारवाही पनि थालिएको छ । सार्वजनिक जग्गाको खोजी गरी संरक्षण कार्य अगाडि बढाइएको छ । सुरक्षित मातृत्व नगर बनाउने अभियानसमेत थालिएको छ । छाडा चौपाया राख्ने गौशाला बनाउने योजना पनि छ ।

रत्ननगर नगरपालिकाका उपप्रमुख दवाडी भन्छिन्, “हरेक जनप्रतिनिधि अब बुबाआमाका छोराछोरी बन्न सक्नुपर्छ । सुखदुःख साट्ने हुनुपर्छ ।”
रासस

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ००:००