Logo

महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा



पोखरा, स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकवाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा परेका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिएका छन् ।

उनी सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आएका थिए । कांग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उनी सहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको जिल्ला सदस्य नवीन सिग्देलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्