साउन २४, कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगरको विकास र समृद्धिका लागि योजनावद्ध कार्यक्रम अगाडि बढाइएको जनाएको छ ।
भीमदत्त नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगरको दिगो विकास र समृद्धिका लागि आर्थिक वर्ष २०७४/७५ मा जैविक मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग र चक्रपथ निर्माणको शुभारम्भ गरिएको, शहरी विकास गुरुयोजना तथा ३१ वटा कानून निर्माण गरिएको जानकारी दिएको छ ।
सो अवसरमा नगर प्रमुख सुरेन्द्र बिष्टले नगरको विकास र समृद्धिको अभियानलाई एकताबद्ध रुपमा अगाडि बढाएको उल्लेख गर्दै सो अवधिमा तीन नगरसभा र १९ कार्यपालिका बैठक गरिएको जानकारी दिए ।
रासस

प्रतिक्रिया