२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरका लागि एमालेद्वारा उम्मेदवारको नाम सिफारिस



काठमाडौँ, आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा ९एमाले० ललितपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सेनाले जानकारी गराए ।

उनका अनुसार ललितपुर महानगरपालिका प्रमुखमा हरिकृष्ण व्यञ्जनकार तथा उपप्रमुखमा उषा बज्राचार्य, रमा आचार्य, सरस्वती खड्का र सुकुमाया तामाङको नाम सिफारिस गरिएको छ ।

त्यस्तै गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मीठाराम केसी, रघुनाथ महर्जन र श्यामकृष्ण सिलवाल तथा उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल र सरिता केसी र महालक्ष्मी नगरपालिकाको प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, हरिगोविन्द श्रेष्ठ, सूर्यबहादुर थापा र शैलेन्द्र तथा उपप्रमुखमा निर्मला केसीको नाम सिफरिस गरिएको प्रचार विभाग प्रमुख तिमिल्सेनाले बताउनुभयो ।

यसैगरी महाँकाल गाउँपालिकाको अध्यक्षमा नवराज महत र रामचन्द्र दाहाल, उपाध्यक्षमा कमला तामाङ, वाग्मती गाउँपालिकाको अध्यक्षमा दुर्गा घिमिरे, उपाध्यक्षमा डोल्मा स्याङ्तान तथा कन्ज्योस्योम गाउँपालिकाको अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा सुस्मिता दुलाल घिमिरे, विष्णु तामाङ, मिनुकुमारी घिमिरे हुमागार्इं र राधा न्यौपानेको नाम सिफारिस गरिएको एमाले ललितपुरले जनाएको छ । रासस

प्रकाशित मिति : १४ बैशाख २०७४, बिहिबार ००:००