२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुरथिमिः स्थानीय सरकारको प्रतीक चिह्नसहित बजेट सार्वजनिक



 

साउन १३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आजदेखि स्थानीय सरकार लेखेको लेटरप्याडसहित नयाँ लोगो सार्वजनिक गरेको छ । नगरपालिकाले कामकाजका रुपमा प्रयोगमा ल्याएर लेटरप्याडमा स्थानीय सरकार लेखेको र लोगोसमेत नयाँ प्रयोगमा ल्याएर त्यसलाई सार्वजनिक गरेको हो ।

कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि कूल एक अर्ब १८ करोडको बजेट सार्वजनिक गरेको छ । आव २०७४/७५ मा ४४ करोड एक लाख ११ हजार बजेट निर्माण गरेको नगरपालिकाले चालु आवका लागि ६३ प्रतिशतले वृद्धि गरी ल्याएको बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष राम थापामगरले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १४ करोड ८७ लाख ७० हजार, सामाजिक सुरक्षातर्फ आठ करोड, विषयगत शाखातर्फ १५ करोड पाँच लाखको बजेट विनियोजन गरेको छ । पूँजीगततर्फ ८० करोड सात लाख ३० हजार रकम विनियोजन गरेको छ ।

आव २०७४/७५ मा लागि नगरपालिकाले कूल ७३ करोड ९८ लाख ८९ हजार बजेट विनियोजन गरेकामा २०७५ असार २२ गतेसम्म चालुतर्फ १३ करोड ५९ लाख ५७ हजार २११ अर्थात् ७७ प्रतिशत र पूँजीगततर्फ ३० करोड ४१ लाख १३ हजार १९५ अर्थात् ५४ प्रतिशत खर्च भएको सो अवसरमा जानकारी दिइयो ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले विगतमा लगाउँदै आएको विभिन्न करलाई कम गर्दै जनतालाई थप भार नपर्ने गरी कर निर्धारण गरेको बताए ।

नगरपालिकाले चालु आवको बजेटमा स्वास्थ्य, सरसफाइ तथा खानेपानी, ढल निकास, शिक्षा, खेलकूद र कला संस्कृति, भौतिक पूर्वाधार विकास, लक्षित समुदाय तथा वर्गका लागि प्रवर्द्धनात्मक कार्यक्रम, सार्वजनिक क्षेत्रको संरक्षण र पुनःनिर्माण, प्रशासनिक पुनःसंरचना र क्षमता विकास, नगर क्षेत्रका जग्गा एकीकरण आयोजना व्यवस्थापन र मध्यपुर उज्यालोलाई प्राथमिकता दिएको बताए ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७५, आइतबार ००:००