१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुख कार्यालयको खर्च विवरण सार्वजनिक



 

साउन १०, पोखरा । गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को खर्च विवरण सार्वजनिक गरेको छ । गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो ।

संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकका रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको निर्देशनमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४, आर्थिक ऐन २०५५, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५को दफा ५ बमोजिम खर्च विवरण सार्वजनिक गरिएको कार्यालयका लेखा अधिकृत पदमराज बरालले जानकारी दिए ।

लेखा अधिकृत बरालका अनुसार दुई करोड ७४ लाख ८८ हजार प्रदेश प्रमुखको कार्यालयलाई विनियोजन गरिएकोमा विभिन्न शीर्षकमा एक करोड ९१ लाख दुई हजार ४४१ खर्च भएको छ ।

उक्त विनियोजित रकममध्ये ८३ लाख ८५ हजार ५५९ फ्रिज भएको छ भने कार्यालयले ६९.४९ प्रतिशत रकम मात्रै खर्च गरेको उनले उल्लेख गरे ।

प्रदेश प्रमुखको कार्यालयलाई चालू खर्चमा एक करोड ६४ लाख ८८ हजार वार्षिक बजेट विनियोजन गरिएकोमा ८८ लाख ८ हजार १०७ खर्च भएको थियो । चालू खर्चमा ७६ लाख ७९ हजार ८९३ फ्रिज भएको छ भने ५३.४२ प्रतिशत रकम मात्रै खर्च भएको उनले जानकारी दिए ।

पूँजीगत खर्चतर्फ एक करोड १० लाख विनियोजन भएकोमा एक करोड दुई लाख ९४ हजार ३३४ खर्च भएको छ । सात लाख पाँच हजार ६६६ फ्रिज हुँदा पूँजीगततर्फ भने ९३.५८ प्रतिशत रकम खर्च भएको हो ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७५, बिहिबार ००:००