६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकिएकै मितिमा निर्वाचन गराउन जनमोर्चाले दवाव दिने



अर्घाखाँची, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बताएका छन् ।

लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले जरा गाडेको भन्दै निर्वाचन नगराउने षड्यन्त्रमा सरकारले दुई चरणको बहना झिकेको आरोप लगाए ।

“निर्वाचन आयोगले उही दल, उही मतदाता र उही मतपत्रमै निर्वाचन गर्नुपर्ने बताएकाले किन दुई चरणमा निर्वाचन गर्नुपर्यो ।” उनले भने, “विदेशीको इसारामा निर्वाचनको मिति सार्न खोजिएको हो, यो कुरा राष्ट्रिय जनमोर्चालाई मान्य हुदैँन देशव्यापी चरणवद्ध आन्दोलन गर्छौं ।”

प्रगतिशील पत्रकार मञ्चले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष पौडेलले संविधान संशोधनको प्रस्ताव ल्याएर सरकारले राष्ट्रियता नै धरापमा पार्न खोजेको आरोप लगाउँदै संविधान संशोधन प्रस्ताव पास हुन नदिन र राष्ट्रियता जोगाउने पक्षमा आन्दोलन चर्काउने धारणा राखे ।

स्थानीय निकायको निर्वाचनका लागि सुरु गरेको चुनावी अभियानको सिलसिलामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, रोल्पा , प्यूठान हुँदै राष्ट्रिय जनमोर्चाको टोली यहाँ आइपुगेको हो । रासस

प्रकाशित मिति : १२ बैशाख २०७४, मंगलबार ००:००