१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव सरेपछि मतदाता निराश



डडेल्धुरा, वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरे संगै निराश बनेका छन् ।

सात नम्बर प्रदेशको निर्वाचन जेष्ठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुनलागेको निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेका हुन् ।

भारतबाट काम छोडेर घर आएका मतदाता झनै अन्यौंलमा परेका छन् । लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो की भन्ने चिन्ताले सताएको मतदाताको भनाइ छ ।

‘‘निर्वाचनका लागि भनेर नै भारतदेखि घर आइयो तर मिती नै सरेपछि अव के गर्ने कता जाने पिरोलो भयो ।” अमरगढी नगरपालिका– ७ का दीपक ताम्राकारले गुनसो गरे ।

मतदाता मात्रै नभइ यहाँका राजनीतिक दलका नेता पनि अन्यौंलमा छन् । निर्वाचनको गतिविधि तीव्र भइरहेको समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरुको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ ।

चुनावको मिति सरेपछि प्रचार–प्रसारमा लाग्ने कि नलाग्ने भनेर दोधार भइरहेको वडा सदस्यका लागि उम्मेदवारको आकांक्षी दत्तिसिंह भण्डारीले बताए ।

निर्वाचनको मिति पछि सरेसंगै यहाँस्थित राजनीतिक दलले उम्मेदवार चयन गर्ने काम पनि स्थगित गरेका छन् । रासस

प्रकाशित मिति : १२ बैशाख २०७४, मंगलबार ००:००