१९ कार्तिक २०८३, बुधबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर उप–महानगरपालिकाको बजेट पारित

लेखक स्थानीय खबर २५ असार २०७५, सोमबार १ मिनेट पढाइ

 

२५ असार, तुलसीपुर– दाङ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट पारित भएको छ । उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो नगरसभाको बैठकमा प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले विनियोजन ऐन, आर्थिक ऐन पारित गरेसंगै बजेट पारित भएको हो ।

नगरसभाले आगामी आवका लागि चालू खर्चअन्तर्गत तलब, भत्ता तथा कार्य सञ्चालनका लागि कूल बजेटको ९।२ प्रतिशतले आउने रकम १४ करोड ४९ लाख, १८ हजार विनियोजन गरिएको छ ।

पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास अन्य सशर्त कार्यक्रमका लागि ९०।८ प्रतिशतले हुन आउने रकम एक अर्ब, ४२ करोड, ९२ लाख, ७३ हजार विनियोजन गरेको बजेट पारित गरिएको नगरपालिकाका प्रवक्ता सूर्यप्रसाद डाँगीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २५ असार २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।