७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाको छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुंगो



दमक, नेकपा (माओवादी केन्द्र)ले तीन नगरपालिका सहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको छ । दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० वटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुंगो लागेको छ ।

यस्तै अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने (विकास) र उपप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारका रुपमा अघि सारेको जनाइएको छ ।

यसैगरी झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगार्इं र उपाध्यक्षमा पवित्रा राजंवशीको उम्मेदवारी टुंगो लागेको चुनाव प्रचारप्रसार संयोजक समेत रहनुभएका नेता दर्लामीले जानकारी दिए ।

यस्तै कमल गाउँपालिकाको प्रमुखमा विमल सङ्ग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । रासस

प्रकाशित मिति : ११ बैशाख २०७४, सोमबार ००:००