१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाहा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट बिष्ट प्रमुख र गोपाली उपप्रमुखमा सिफारिस



हेटौँडा, नेकपा (माओवादी केन्द्र)ले थाहा नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ । बैठकले प्रमुखमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्ट र उपप्रमुखमा जिल्ला सदस्य शकुन्तला गोपालीको नाम सिफारिस गरेको जिल्ला संयोजक प्रेम बहादुर पुलामीले जानकारी दिए ।

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मथलो रहेको यस नगरमा सबै ठूला तीनवटै दलले आफ्नो जित हुने विश्लेषण गरिरहेका छन् तर हालसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् । रासस

प्रकाशित मिति : ११ बैशाख २०७४, सोमबार ००:००