८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी राजमार्गमा तीन पूलको काम सुरू भएन



१६ असार, पाँचथर । पुष्पलाल मध्यपहाडी राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङ नजिकको पूल निर्माणमा ढिलाई भएको छ । उद्गमस्थल पुग्नका लागि बन्नैपर्ने ३ वटा पूलको एक वर्षअघि नै ठेक्का प्रक्रिया पूरा भए पनि काम हुन सकेको छैन ।

ओसाम खोला, खँदुवा खोला र सुखा खोला पुल निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको मितिअनुसार काम सक्नुपर्ने समय अझै एक महीना समय बाँकी नै रहे पनि सोे अवधिमा काम सकिने कुनै संकेत छैन । पाँचथरखण्डको गणेश चोकदेखि ५४ किलोमिटर माथि पर्ने ती पूल निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सन प्रालिले लिएको छ ।

तीन पुलबाहेक गणेश चोकदेखि चिवाभञ्ज्याङसम्मको खण्डमा १० पुल निर्माण हुनेछन् । त्यसमध्ये धेरै पुल बनिसकेका छन् । केही बन्ने क्रममा छन् ।

छाँगे–१ र छाँगे–२, शिवा खोला पुल, ओयाम खोला पुल, फलामे खोला पुल, सुवा खोला पुल, मेवा खोला पुल निर्माण भएको र निर्माण हुने मुख्यमध्येका पर्छन् । त्यसमध्ये केही पुल बनिसकेर सवारी आवतजावतसमेत भइरहेको छ ।

तिनको कागजी प्रक्रिया पूरा भइनसकेको आयोजना कार्यालयले जनाएको छ । कामै शुरु नभएका तीन पुल हालसम्ममा बनिसक्नुपर्ने थियो । पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीमा शंका पैदा भएको छ ।

आलटाल गर्दै काम लम्बिँदै जाने कार्यले शंका पैदा गरेको स्थानीयवासीको भनाइ छ । तत्काल काम थाल्नका लागि आयोजना कार्यालयले चासो दिनुपर्ने नागरिक समाजका अर्जनु वेगाले बताए । लोकमार्गको गणेशचोकदेखि चिवाभञ्ज्याङसम्मको ६० किलोमिटर दूरीमा बन्दै गरेका संरचनामा स्थानीयवासीले चासो दिइरहेका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७५, शनिबार ००:००