१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदतनगरका छाडा चौपायालाई ट्याग लगाइँदै



 

१५ असार, कञ्चनपुर । भीमदत्त नगरपालिकाले छाडा पशु चौपायाको पुनःस्थापनका लागि घरपालुवा चौपायमा ट्याग लगाउने कार्यलाई तीव्रता दिएको छ । छाडा चौपायालाई गौशालामा पुनःस्थापन गर्न ट्याग लगाउन थालिएको हो ।

उक्त नगरपालिकाले पहिलो चरणमा वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ गरी १० वटा वडाका घरपालुवा चौपायामा ट्याग लगाइसकेको छ । आजदेखि वडा नं १२ देखि १९ सम्मका घरपालुवा चौपायामा ट्याग लगाउने तयारी गरिएको कार्यबाहक नगरप्रमुख सुशीला चन्द सिंहले बताइन् ।

“केही दिनभित्र गौशालामा लगेर छाडा पशु चौपाया स्थापना गरिन्छ” उनले भनिन्, “घरपालुवामा ट्याग लगाउन सकिएपछि सडकमा छाडिएका पशुलाई गौशालामा स्थापन गर्छौ ।”

निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले छाडापशु पुनःस्थापनाका लागि पहिलो नगर सभाबाट ५० लाख बजेट विनियोजन गरेका थिए । सो रकमबाट गौशला सहितका पूर्वाधार निर्माण गरिएका छन् ।

भीमदत्त नगरपालिकाका सवइन्जिनियर सन्तोस भण्डारीले एक सय वर्ग मिटरका चार चार वटा गौशाला निर्माण गरिएको बताए । बागफाँटमा १७ बिगाहामा छाडा पशु चौपाया पुनःस्थापन गर्न नौ बिगाहा जमिनमा घेरबार गरिएको छ ।

सो स्थानमा सय वर्ग मिटरका चार वटा गौशाला निर्माण गरिएको छ । यसैगरी पशु चौपायालाई पानी खुवाउन बोरिङको व्यगस्थाका साथै चौकीदार बस्ने घर निर्माण गरिएको छ । ती चौपायाका लागि खाली जमिनमा घाँस उत्पादन गरिने भएको छ ।
रासस

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार ००:००