१२ चैत्र २०८०, सोमबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कञ्चनपुर द्वारा उम्मेदवार सिफारिस



भीमदत्तनगर । लामो छलफलपछि नेकपा (एमाले) कञ्चनपुरले सात नगरपालिका र दुई गाउँपालिकाका लागि उम्मेदवारको नामावली प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि एमाले कञ्चनपुरले सबै नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्याक्षका लागि उम्मेदवारको नामावली प्रदेश नं ७ को कमिटीलाई पठाइसकेको एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले बताए ।

“हामीले प्रत्येक नगरपालिकाबाट प्रमुखमा तीन र उपप्रमुखमा कम्तीमा एक जनाको नाउँ प्रदेश कमिटीमा पठाएका छौँ,” उपसचिव महराले भने, “उम्मेदवारको अन्तिम टुंगो प्रदेश कमिटीले लगाउनेछ, अहिले प्रदेश कमिटीको बैठक बसिरहेको छ ।”

भीमदत्त नगरपालिका प्रमुखमा ईश्वरी खरेल, सुरेन्द्र विष्ट र नन्दा धामी तथा उपप्रमुखका लागि अधिवक्ता पुनम चन्द, माया पन्त र लक्ष्मी विक सिफारिस भएका छन् ।

शुक्लाफाँटा नगरपालिका प्रमुखमा रणबहादुर महरा, विष्णुदत्त जोही र भगवती मल्ल तथा उपप्रमुखमा अनिता नेपाली, तुलसी हमाल र मोनिका भट्टको नाम सिफारिस गरिएको छ ।

वेदकोट नगरपालिकामा लालबहादुर खड्का, अशोक चन्द, रामचन्द्र रेग्मी र ईश्वरी शर्मा प्रमुख र सुशीला सिंह, भानमती खडायत र दया केसी उपप्रमुखमा सिफारिस भएका छन् ।

दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा जीवनराज थापा र फैरु तामाङ प्रमुख तथा शारदा विष्ट र सुशीला खत्री उपप्रमुखमा सिफारिस भएका छन् ।

बेलौरी नगरपालिकामा पल्लवराज भट्ट र यज्ञराज कँडेल प्रमुख तथा चित्रा चौधरी र गीता जैसी उपप्रमुखमा सिफारिस भएको उपसचिव महराले जानकारी दिए ।

कृष्णपुर नगरपालिका प्रमुखका उम्मेदवारमा कर्ण हमाल र लोकेन्द्र पन्त तथा उपप्रमुखमा लक्ष्मी बुढा सिफारिस भएका छन् ।

महाकाली नगरपालिका प्रमुखमा किशोर लिम्बू र राजीव खड्का तथा उपप्रमुखमा चिनी गिरीको सिफारिस भएको छ ।

लालझाँडी गाउँपालिका अध्यक्ष उम्मेदवारमा निर्मल राना, डिट्ठा राना तथा उपाध्यक्षमा कुस्मा रानाको नाम सिफारिस भएको र बेल्डाँडी गाउँपालिकाका लागि अध्यक्षमा धनबहादुर थापा र लालबहादुर रावत तथा उपाध्यक्षमा कमला कार्कीको नाम सिफारिस भएको छ । रासस

प्रकाशित मिति : १० बैशाख २०७४, आइतबार ००:००