१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियामा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार घोषणा



बर्दिया । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियाका ६ नगरपालिका र दुई गाउँपालिकाका लागि नेकपा ९माओवादी केन्द्र०ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा गणेश केसी उपप्रमुखमा सुभरानी थारूलाई सिफारिस गरिएको छ ।

गुलरिया नगरपालिकाको प्रमुखमा गेहेन्द्र ढकाल उपप्रमुखमा मिथिला फुयाल, बारबर्दिया नगरपालिकाको प्रमुखमा दुर्गा थारू र उपप्रमुखमा अन्जु दहितको नाम सिफारिस गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेत्र आचार्य उपप्रमुखमा कृष्णकुष्मा थारू, वासगढी नगरपालिकाको प्रमुखमा दिनाराम थारू उपप्रमुखमा भूमि विक, बढैयाताल गाउँपालिकाको प्रमुखमा लल्लुराम थारू र उपप्रमुखमा राधा आचार्यको नाम सिफारिस गरिएको छ ।

शनिवार सार्वजनिक गरिएको उम्मेदवारको नामावली प्रदेशमा पठाइएको र त्यही नामावली अन्तिम हुने नेकपा ९माओवादी केन्द्र०का जिल्ला अध्यक्ष तिलक शर्मा हिमालले बताए । रासस

प्रकाशित मिति : १० बैशाख २०७४, आइतबार ००:००