२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्ज महानगरको विकास निर्माणको काम प्रभावित हुने



 

१२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ ।

बन्दसत्रमा १६२ सदस्यमध्ये ११९ सदस्यले बहिष्कार गरेपछि हालसम्म परिषद् बैठक स्थगित छ । जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको परिषद् सम्पन्न भइसके पनि वीरगञ्जको परिषद् सदस्यको बहिष्कारका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको हो ।

महानगरपालिकाको वडाध्यक्षले पाउने सेवा सुविधा जस्तै आफूहरुले पनि पाउनुपर्ने माग राख्दै नगर सदस्यहरुले परिषद्को बन्दसत्र बहिष्कार गरेका हुन् । मासिक तलब १० हजार, मासिक १० वटा बैठक, भ्रमण भत्ता, औषधि भत्ता, बीमा व्यवस्था, मोटरसाइकल सुविधा, मासिक १० लिटर इन्धन, वडाको विकासे बजेटमध्ये ६० प्रतिशत बजेट नगर सदस्यले खर्च गर्ने गरी बाँडफाँड हुनुपर्ने लगायत माग गर्दै परिषद्को वहिष्कार गरेको वडा नं ५ का सदस्य सुरज कुर्मीले बताए ।

महानगरपालिकाका प्रमुख विजय सरावगीले नीति तथा कार्यक्रम पारित गर्न आवश्यक ३३ प्रतिशत बहुमत आफूसंग भएको बताउदै कानूनविपरीत कुनै काम नगर्ने बताए । महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले आर्थिक वर्ष २०७५/७६ को लागि चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए थियो ।
रासस

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार ००:००