१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह



बैतडी । जिल्ला शिक्षा कार्यालय, बैतडीले जिल्लामा कार्यरत शिक्षकलाई चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत पार्टीको झन्डा बोकेर चुनावी प्रचारप्रसारमा शिक्षक लागेको पाइएमा शिक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिए ।

पछिल्लो समयमा शिक्षक लगायत सरकारी कर्मचारीहरू पार्टीको प्रचारप्रसारमा बढी केन्द्रित हुने गरेका छन् । चुनाव नजिकिए संगै कर्मचारीहरू पार्टीको झन्डा बोक्दै चुनावी प्रचारमा लागेकाले जिल्लामा कार्यरत कर्मचारीलाई प्रचारप्रसारमा नलाग्न जिल्ला शिक्षा कार्यालय, बैतडीले आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १० बैशाख २०७४, आइतबार ००:००