११ असार, लहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि १ अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ ।
दोस्रो नगरसभामा नगरप्रमुख मुनी साहले बजेट प्रस्तुत गरेका थिए । करीब दुई लाख जनसंख्या रहेको लहान नगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन गर्दा ध्यान दिनुपर्ने साहले बताए ।
नगरसभाको आइतबार कानूनमन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका थिए । कार्यक्रममा सांसदहरु प्रदीप गिरी, लीलानाथ श्रेष्ठ, सरिता गिरी तथा प्रदेशसभा सदस्यद्वय ललगलाल चौधरी र अशोककुमार यादव, नेकपाका केन्द्रीय सदस्य गंगाप्रसाद यादव लगायतले दलीय अडान र दृष्टिकोण परिवर्तन गरी साझा धारणा बनाएर सेवाको भावले काम गरेमात्रै सुन्दर र समृद्ध लहान निर्माण गर्न सकिने बताए ।
यसैगरी सखुवानन्कारकटी गाउँपालिकाले नमूना गाउँपालिका बनाउने भन्दै आगामी आवका लागि ११ करोड ८९ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ । विकास महसुस गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।
रासस





प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।