१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’



 

९ असार, तुलसीपुर– दाङ । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’ भन्ने नारालाई प्राथमिकतामा राखेर तेस्रो नगरसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

यसपटक नीति तथा कार्यक्रममा सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको प्रवर्द्धनका लागि शीतभण्डार निर्माण देखि एनिमल एम्बुलेन्स सम्मको विषयलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी केन्द्र र प्रदेश सरकारको नीतिलाई मध्यनजर गरेर कार्यक्रमलाई प्राथमिकता दिएको पनि नगरप्रमुख पाण्डेयले बताए । “उद्यमशीलताको विकासबिना हाम्रो समृद्धिको यात्रा सम्भव छैन त्यसैले युवालाई उद्यमशील बनाउने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ” ।

त्यसैगरी खानेपानी तथा सरसफाइः कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी र वित्तीय, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सडक तथा पुल, सिँचाइ, भवन तथा शहरी विकास, ऊर्जा, लघु तथा साना जलविद्युत्, सञ्चारलाई समेटिएको छ ।

यसैगरी उपमहानगरपालिकाबाट दिइने सेवालाई चुस्त, दुरुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि इ–गभर्नेन्सको नीतिलाई अवलम्बन गर्ने कुरालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
रासस

प्रकाशित मिति : ९ असार २०७५, शनिबार ००:००