३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन अधिकृतबाट काम सुरु



भद्रपुर, आगामी स्थानीय तहको निर्वाचनका लागि झापामा एक जना मुख्य निर्वाचन अधिकृत सहित १५ जना आ–आफ्ना कार्य क्षेत्रमा आइसकेका छन् ।

भद्रपुर नगरपालिकाका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन पाण्डेले जिल्ला समन्वय समिति कार्यालयको माथिल्लो तलामा आफ्नो कार्य सञ्चालन गरिसकेको जिल्ला निर्वाचन कार्यालय भद्रपुरका प्रमुख गोपाल आचार्यले बताए ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा मतदानस्थल दुई सय ८३ र मतदान केन्द्र छ सय ३७ कायम गरिएको र सोहीअनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताइएको छ । रासस

प्रकाशित मिति : ९ बैशाख २०७४, शनिबार ००:००