१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदान गर्न भारतबाट घर फर्कनेकोे लर्को



बाजुरा । बूढीगंगा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन् । स्थानीय तहको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदामा दिल्लीबाट आएका हुन् । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अघी मजदुरी गर्न भारत गएपनि स्थानीय तहको निर्वाचनका लागि एक हप्ता अघि घर फर्किएका छन् । “वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ,” रोकायाले भने । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउछन् ।

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली गएका हुन् । उनी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किएका छन् । “मसंगै धरै नेपाली निर्वाचनका लागि घर फर्किका छन्,” रौलेले भने ।

बेतालमाडाैं स्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार पाँच सयको संख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउछन् । “बसमा दसैँ जस्तै घर फर्किनेको चाप देखिन्छ,” उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । रासस

प्रकाशित मिति : ८ बैशाख २०७४, शुक्रबार ००:००