६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौ दलको संयुक्त प्यानल



बर्दिवास, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा नौ दलको संयुक्त प्यानल हुने लिखित प्रतिबद्धता जनाएका हुन् ।

‘स्थानीय तहको निर्वाचन भएमा हाम्रो संयुक्त प्यानल हुनेछ’, नौ दलीय गठबन्धनले प्रसारित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । मधेस केन्द्रित दलले चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेस केन्द्रित दलसहितको चुनावी मोर्चा बन्नुलाई राजनीतिक क्षेत्रमा सकारात्मक सुरुवात भएको प्रतिक्रिया आएको छ ।

पछिल्लो पटक निर्वाचन केन्द्रित नौ दलको गठबन्धन बनेपछि बर्दिवासमा यससम्बन्धी चासो निकै बढेको छ । नौ दलबीच बनेको गठबन्धनमा भर्खरै पार्टी एकीकरण गरेका छ मधेस केन्द्रित दलमध्ये चार दलका स्थानीय नेताको सहभागिताले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सहयोग पुग्ने नेपाली कांग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालको धारणा छ ।

त्यसैगरी नेकपा (एमाले)का बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुङ्गाना र नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज राजु खड्काले पनि निर्वाचन केन्द्रित नौ दलीय गठबन्धनले विकास कार्यमा दलबीच सहकार्यका लागि सहज वातावरण बनाउने प्रतिक्रिया दिएका छन् ।

यसैबीच नौ दलीय गठबन्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने नयाँ शक्ति पार्टी नेपाल बर्दिवास नगरका इन्चार्ज लीलाहरि खतिवडाले नौ दलीय गठबन्धन बर्दिवास नगरको विकासमा महत्वपूर्ण र सकारात्मक फड्को भएको बताएका छन् । यस नयाँ गठबन्धनले ठूला दलको प्रत्येक क्षेत्रमा देखिने दबदबालाई आपसी सहकार्यमा परिणत गर्न प्रेरित गर्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : ८ बैशाख २०७४, शुक्रबार ००:००