१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाका तीन गाउँपालिकामा मुख्यमन्त्री कार्यक्रम



 

२५ जेठ, रामपुर– पाल्पा ।
प्रदेश नम्बर ५ को सरकारले पाल्पाका तीन गाउँपालिका सहित प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

तीमध्ये पाल्पाका माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकामा मानव विकास सूचकांकमा सुधार गरी मूल प्रवाहमा ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले जानकारी दिएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए ।

त्यस्तै, सरकारले पाल्पा सहितका ३५ गाउँपालिकालाई तीन वर्गमा छुट्याएको छ । अति कमजोर, कमजोर र मध्यम कमजोर अनुसार बजेट छुट्याउने तयारी गरेको छ । नवलपरासीका सुस्ता, प्रतापपुर र पाल्ही नन्दन, रूपन्देहीका मर्चवारी, सम्मरीमाई र कोटहीमाई कमजोर गाउँपालिकाको सुचीमा छन् ।

गुल्मीको कालीगण्डकी, मालिका र मदाने, अर्घाखाँचीका पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकालाई सरकारले छानेको छ ।

कपिलवस्तुको विजयनगर, शुद्धोधन र महाराजगञ्ज, दाङको बंगलाचुली, राजपुर र बबई, प्यूठानको गौमुखी, नौबाहिनी र ऐरावती, रोल्पाका सुनछहरी, थवाङ र परिवर्तन, रुकुम पूर्वका पुथाउत्तरगंगा, भूमे र सिस्ने, बाँकेको नरैनापुर, डुडुवा र जानकी तथा बर्दियाको बढैयाताल र गेरुवा गाउँपालिकामा पनि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ००:००