१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालय निर्माणका लागि २ करोड बराबरको जग्गा प्राप्त



 

२१ जेठ, दमक ।
झापाको दमक नगरपालिका २ को वडा कार्यालयलाई २ करोड मूल्य बराबरको १० कट्ठा जग्गा प्राप्त भएको छ । वडा कार्यालयको भवन निर्माणका लागि दमक–२ का दाता नेत्रप्रसाद दाहाल, उद्धवप्रसाद दाहाल, भवानीशंकर खनाल, प्रथम धिमाल, कमल धिमाल, रत्न धिमाल र दमक–५ का योगन्द्रप्रसाद दुलाल र हेमनाथ पौडेलले संयुक्तरुपमा उक्त जमिन दिएका हुन् ।

दाताले कम्तीमा आठ धुरदेखि दुई कट्ठासम्म जग्गा वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । वडा कार्यालय निर्माणका लागि दमक–२ स्थित शिवाश्रम मन्दिरको २०० मिटर दक्षिणमा सो जग्गा प्राप्त भएको जग्गा व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका दाता नेत्रप्रसाद दाहालले जानकारी दिए ।

सो जग्गा दमकस्थित मालमोत कार्यालयबाट वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरी लालपूर्जा समेत नगरपालिकाले प्राप्त गरिसकेको वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ००:००