१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट



 

१७ जेठ, तेह्रथुम ।
तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा १ अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ ।

आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो । यस्तै, सरकारले म्याङलुङ नगरपालिकाका लागि २३ करोड ३६ लाख, लालीगुराँस नगरपालिकामा २१ करोड २७ लाख, छथर गाउँपालिकामा २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा २० करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

सरकारले छुट्याएको बजेटमा प्रदेश नं १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्लामा तेह्रथुम परेको छ ।

सबैभन्दा बढी बजेट भने मोरङ जिल्लाका लागि छुट्याइएको छ । प्रदेश नं १ का जिल्लामध्ये ताप्लेजुङका लागि एक अर्ब ९६ करोड ५७ लाख, पाँचथरमा एक अर्ब ९० करोड २८ लाख, इलाममा २ अर्ब ४८ करोड ९३ लाख, झापामा ४ अर्ब ८० करोड २४ लाख र संखुवासभाका लागि २ अर्ब १७ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, धनकुटाका लागि १ अर्ब ६४ करोड ६३ लाख, भोजपुरमा एक अर्ब ९१ करोड ३३ लाख, सुनसरीमा तीन अर्ब ९५ करोड ९२ लाख र मोरङमा ५ अर्ब ३० करोड ८२ लाख विनियोजन गरेको छ ।

प्रदेश नं १ कै सोलुखुम्बुमा एक अर्ब ६१ करोड ९८ लाख, खोटाङमा दुई अर्ब २७ करोड २९ लाख, उदयपुरमा दुई अर्ब ४३ करोड तीनलाख र ओखलढुंगामा एक अर्ब ७२ करोड २५ लाख विनियोजन भएको छ ।
रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहिबार ००:००