१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ गाउँपालिका नगरपालिका बन्यो, अब नगरपालिकाको संख्या २६५, गाउँपालिका ४७९



रञ्जित तामाङ, काठमाडाैं 

सरकारले सिराहको सुखिपुर र सप्तरीको सप्तकोशी गाउँपालिकालाई नगरपालिका बनाएको छ । मन्त्रीपरिषद्को निर्णयसँगै गाउँपालिकाको संख्या ४ सय ८१ बाट ४ सय ७९ मा झरेको छ । यसैगरि नगरपालिकाको संख्या २ सय ६३ बाट २ सय ६५ पुगेको छ ।

सुखिपुर र शप्तकोसी गाउँपालिकालाई मन्त्रीपरिषद्को निर्णयबाट नगरपालिका बनाएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालकै प्रस्तावमा नगरपालिका बनाएको मन्त्रालय स्रोतले बताए । मन्त्रालयका अनुसार २ सय १६ नगरपालिका हुँदाताका सुखिपुर र सप्तकोशी नगरपालिका थिए ।

स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्दा जनसंख्यालगायतका मापदण्ड नपुगेका कारण गाउँपालिका बनाएको थियो । साविकको नगरपालिका गाउँपालिका बनेपछि स्थानीयवासी र राजनीतिक दलहरू असन्तुष्ट बनेका थिए ।

प्रधानमन्त्री दहालले दोस्रो संविधान सभाको निर्वाचन सिराहबाट जितेका थिए । प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रबाट आएको मागलाई सहजै संवोधन गरेको मन्त्रालयको उच्चस्रोतले स्थानीय खबरलाई बताए ।

पुनर्संरचना आयोगलाई स्थानीय विकास मन्त्रालयले दिएको कार्यशर्तमा तराईमा नगरपालिका बन्न न्यूनतम् जनसंख्या ६० हजार हुनुपर्ने व्यवस्था थियो । जवकि सुखिपुर नगरपालिकाको जनसंख्या २७ हजार मात्रै छ । “मापदण्ड आयोगको हकमा मात्रै लागु भयो, सरकारले जे गर्दा पनि भयो,” मन्त्रालयका असन्तुष्ट एक अधिकारले भने ।

स्थानीय विकास मन्त्रालयले अहिले सुखिपुर र सप्तकोशी गाउँपालिकालाई ‘भूल सुधार’ भन्दै राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ । भूल सुधारपछि यी गाउँपालिकाहरू नगरपालिका बन्नेछन् ।

प्रकाशित मिति : ५ बैशाख २०७४, मंगलबार ००:००