२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक मापदण्डविपरीत बनाइएका संरचना भत्काउन शुरु



 

१३ जेठ, लहान ।
सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ ।

सिरहा नगरपालिकाले वडा नं ७ हेमनारायण चोक देखि सारस्वर जोड्ने सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ अव्यवस्थित रुपमा निर्माण गरिएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको हो ।

सार्वजनिक सूचना जारी गरी सडक अतिक्रमण गरी बनाइएका घरटहरा र पर्खाल हटाउन आग्रह गरिए पनि घरधनीले बेवास्ता गरेकाले डोजर लगाएर ती संरचना भत्काउन शुरु गरिएको सिरहा नगरपालिका वडा नं ७ का वडाध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।

पहिलो चरणमा हेमनारायण चोक देखि सारस्वर जाने सडकसम्मका सडकलाई १६ फिट चौडाइ गरी दुवैतर्फ साढे तीन फिटको नाला निर्माण गर्ने योजना रहेको वडाध्यक्ष साहले बताए । सडक विस्तार थालनी गरेसँगै मापदण्ड विपरीत निर्माण गरिएका संरचना धमाधम भत्काउने क्रम शुरु भएको छ ।
रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आइतबार ००:००