२७ चैत्र २०८०, मंगलबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैना नगरपालिकामा फोहरमैला व्यवस्थापन शुरु



१० जेठ, रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ ।

वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौताअनुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने फोहरमैला दश दिनमा एकपटक उठाइने सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिए ।

फोहरमैला व्यवस्थापनका लागि नगरपालिका क्षेत्रका मुख्य बजार मुर्गिया, सालझण्डी र कलौनीमा पहिलो चरणमा नै सरसफाइ गरिने र त्यसलाई अन्य विभिन्न ठाउँमा पनि निरन्तरता दिइने बताइएको छ ।

सैनामैना नगरपालिकाका प्रमुख केसीले फोहरमैला व्यवस्थापनका लागि ३० देखि १ हजार ५०० रूपैयाँ सम्म शुल्क लिएर २० लिटरको डस्टबिन प्रयोगमा ल्याउने जानकारी दिँदै फोहर व्यवस्थापन गर्न निजी क्षेत्रलाई २ लाख ७५ हजार दिने सहमति भएको बताए ।

नगरका विभिन्न टोल विकास संस्थालाई तत्काल २ हजार ५०० डष्टबिन अनुदानमा वितरण हुने र थप २ हजार ५०० पुनः वितरण हुने पनि जनाइएको छ । “नगरको सौन्दर्य सभ्यताको सूचक हो, त्यसैले यसलाई सबैले आत्मसात गर्नुपर्छ” उनले भने ।

नगरप्रमुख केसीले प्लाष्टिकजन्य फोहर जलाउन समेत उपभोक्तालाई रोक लगाइएको उल्लेख गर्दै कसैले अटेर गरे जरिवाना गरिने बताए । सैनामैना नगरपालिकामा एक सातामा १५ क्विन्टल फोहरमैला संकलन हुन्छ ।
रासस

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहिबार ००:००