३ जेठ, हुम्ला ।
सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि स्थानीयवासीले हातपात गरेका छन् । बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नं ४ का बासिन्दाले दर्जीमाथि हातपात गरे ।
उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उनीमाथि हातपात गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।
रासस
प्रतिक्रिया