२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने



 

२ जेठ, काठमाडौं ।
टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिका भित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरिएको जनाएको छ ।

नगर उपप्रमुख ज्ञानमाया डंगोलका अनुसार टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, वसुन्धरा, झोर महांकाल र गोँगबु क्षेत्रलाई उक्त गुरुयोजनामा समेटिएको बताइन् ।

“चण्डेश्वरीदेखि शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म पदमार्ग निर्माण गर्ने गरी गुरुयोजना पनि तयार गरेका छौँ,” उनले भनिन् । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरस्वती गहनापोखरी, गणेशपोखरी र सपनतीर्थलाई संरक्षण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने कार्ययोजना समेत बनाएको छ ।

झोर महाकांलमा रहेको वौडेश्वर झरनालाई पर्यटकीय रुपमा विकास गर्न नगरपालिकाले सरकारसँग २५ करोड माग गर्ने भएको छ । २५ हजार ५६१ घरधुरी रहेको उक्त नगरपालिकाको जनसंख्या झण्डै एक लाख छ ।

टोखालाई नमूना नगरपालिका बनाउन आर्थिक वर्ष २०७५÷७६ मा प्रत्येक वडामा १ करोड ४० लाख बजेट विनियोजन गर्ने गरी कार्ययोजना बनाइएको छ भन्दै उपप्रमुख डंगोलले एघार वटा ११ वडा रहेको सो नगरपालिकाका लागि गत आर्थिक वर्ष २९ करोड ५१ लाख बजेट विनियोजन भएकामा १२ करोड राजश्व उठेको जानकारी गराइन् ।
रासस

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ००:००