९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरको रामप्रसादराई गाउँपालिकामा एनआइसी एशिया बैंक



१ जेठ, भोजपुर ।
भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । एनआइसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा शाखा विस्तार गरेको हो ।

गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै बित्तिय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रबन्धक चन्दन कटुवालले जानकारी दिए ।

स्थानीय तह निर्माणपश्चात् पहिलो पटक गाउँपालिकाको केन्द्रमा बैंक भित्रिएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन् । नौ स्थानीय तह रहेको भोजपुरमा केही समयमा नै सबै क्षेत्रमा बैंक जाने बताइएको छ ।

बैंकले एक आर्थिक वर्षमा गाउँपालिकाको करीब २३ करोड बजेट कारोबार गर्नेछ । त्यसैगरी, बैंकले विभिन्न किसिमका खाता सञ्चालन, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
रासस

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलबार ००:००