८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनले सहयाेग स्वरूप दियो ११ प्रकारका निर्वाचन सामाग्री



काठमाडौँ । चीन सरकारले २०७४ वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका सचिव गोपीनाथ मैनाली र नेपालका लागी चीनका राजदुत यू होङले निर्वाचन सामाग्री उपलब्ध गराईएको बिषयको सहमति पत्रमा संयुक्त हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थिति थियो ।

नेपाल सरकारको अनुरोधमा चीन सरकारले करिब १४ करोड ४० रुपैयाँ बराबरको निर्वाचनको सामग्री उपलब्ध गराएको हो । चीनबाट जेलपेन, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, क्यालकुलेटर, स्केल, पञ्चिङ मेसिन, टेबल घडी, कैँची, ग्लुस्टिक र रबरम्याट प्याड सहयोग प्राप्त भएको छ ।

उक्त कार्यक्रममा डा. यादवले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी आइपरेको बेला चीन सरकारबाट प्रप्त सहयोगप्रति आभार प्रकट गरे । “नेपाल र चीनबीचको मित्रवत् र न्यानो सम्बन्ध विस्तारमा थप योगदान मिलेको छ । सहयोगप्रति आभार व्यक्त गर्दछु,” उनले भने, “निर्वाचनको जिम्मेवारी पूरा गर्न कार्ययोजनाअनुरुप आयोगले निरन्तर काम गरिरहेको छ ।”

निर्वाचनका लागि सहयोग सामग्रीका अतिरिक्त निर्वाचन आयोगले चीनबाट करिब १० करोड रुपैयाँ मूल्य तिरेर ३० हजार थान मतपेटिका खरिद गरेको छ । आयोगले खरिद गरेको सबै मतपेटिका केही दिनभित्रै प्राप्त हुनेछन् । रासस

प्रकाशित मिति : ४ बैशाख २०७४, सोमबार ००:००