१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियाका ८ स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण



३१ वैशाख, गुलरिया– बर्दिया ।
यस जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

बर्दियाको ३० वटा स्वास्थ्य संस्था, तीन प्राथमिक स्वास्थ्य कार्यालय, नौ वटा सहरी स्वास्थ्य कार्यालय, छ वटा सामुदायिक स्वास्थ्य एकाइ र ४ वटा आयुर्वेद औषधालय गरी जम्मा ५२ वटा जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहेको स्वास्थ्य संस्थालाई औपचारिकरुपमा बर्दियाको ८ वटा स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुले बर्दियाका जनतालाई अधिकतम स्वास्थ्य सेवा दिएर काम गर्ने जिम्मेवारी कर्मचारीमा आएकाले आफनो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा आठवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य संस्थालाई आवश्यक पर्ने नीति तथा बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले खर्च भएर जाने खर्च नभएर जाने चलअचल सम्पत्ति बुझाउँदा ८ वटै स्थानीय तहका स्वास्थ्य कार्यक्रम हेर्ने प्रमुखले जिम्मेवारी लिनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ००:००