१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपाले भत्कायाे तिलगङ्गा क्षेत्रका करीब ४५ अस्थायी टहरा



२७ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य शुरु गरेको छ ।

नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ वटा टहरा भत्काएको हो ।

यसरी भत्काइएका टहराहरुमा कबाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया नास्ताको पसल लगायत रहेका छन् । यसैगरी कामपाले अतिक्रमित सडक, सडक पेटी र हरियाली क्षेत्रलाई सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ ।

कोटेश्वर, गौशाला, चाबहिल, बानेश्वर जस्ता सडक व्यापार हुने क्षेत्रलाई नियन्त्रणमा लिइसकेको र अन्य बाँकी रहेका स्थानको यस्ता क्षेत्रलाई पनि लियन्त्रणमा लिने तयारीमा कामपा रहेको छ ।

शहरी आवागमन सुधार गर्न सार्वजनिक सम्पत्तिमा हरेक नागरिकको पहुँच पु¥याउन जरुरी रहेको भन्दै कामपाले तीनकुने पार्क नजिक निर्माण सामग्रीको व्यापार गर्ने व्यवसायीले पैदल मार्गमा राखेका फलामे डण्डी र इँटासमेत हटाइसकेको छ ।

यस्ता व्यापारिक स्थानहरु कामपामा दर्ता हुन नआउने भएकाले कतिको संख्यामा रहेको छ र कुन कुन स्थानमा छ भन्नेबारे थाहा नहुन पनि सक्छ त्यसमा नागरिकले सहयोग गर्नुपर्ने कामपाको भनाइ छ ।
रासस

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहिबार ००:००