१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पताल विकास समितिमा कार्यरत कर्मचारीको समायोजन माग गर्दै ज्ञापनपत्र



२७ वैशाख, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई अस्पताल विकास समितिमा कार्यरत कर्मचारीको समायोजनको माग गर्दै बुधबार साँझ ज्ञापनपत्र बुझाइएको छ ।

अस्पताल विकास समितिका कर्मचारी युनियन प्रदेश नम्बर १ का प्रमुख बद्रीप्रसाद दाहाल सम्मिलित एक टोलीले मुख्य मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको थियो ।

व्यवस्थापन गरिएका विभिन्न केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल तथा जिल्ला अस्पतालमा विकास समितिमा कार्यरत कर्मचारीको सम्बन्धमा उक्त समायोजन विधेयकमा कुनै पनि सम्बोधन नगरिएको र स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत सञ्चालनमा रहेका नगरपालिका तथा तत्कालीन जिविसका कर्मचारीका विषयमा कुनै व्यवस्था नगरिएको हुँदा उक्त कर्मचारी समायोजन विधेयक २०७४ मा छुट भएका कर्मचारीको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले समायोजनका लागि आफू लागिपर्ने बताए ।
रासस

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहिबार ००:००