१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय युवा परिषद्ले १ प्रदेश १ नमूना गाउँ बनाउने



१८ वैशाख, काठमाडौं ।
राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सात वटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताए ।

सो कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याइने तयारी भएको छ । एउटा गाउँका युवालाई एकीकृत गरेर युवाका कार्यक्रम सञ्चालन गर्नका लागि नमूना गाउँ बनाउन थालिएको उनले बताए ।

“सरकारी, गैरसरकारी निजी क्षेत्रका युवासंग सम्बन्धित कार्यक्रमलाई एकीकृत गरेर युवाको क्षमता अनुसार व्यावसायिक बनाउनका लागि कार्यक्रम गर्न थालिएको हो” उपाध्यक्ष ढुङ्गेलले भने, “गाउँलाई युवामैत्री बनाइने छ ।”

परिषद्ले स्थानीय तह र जिल्ला युवा समितिलाई नमूना गाउँ छनोट गरेर पठाउन निर्देशन दिइएको र जेठसम्म गाउँको मापदण्ड, विधि तयार गरी छनोट गरिसक्ने योजनामा रहेको उपाध्यक्ष ढुंगेलले बताए । दोस्रो चरणमा नगरपालिकाका पिछडिएका गाउँलाई समेट्ने परिषद्को तयारी छ ।
रासस

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार ००:००