१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव



१५ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरापालिमा मोनोरेल ९सडकमाथि गुड्ने रेल० निर्माण गर्नका लागि चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ ।

चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनले भने, “चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका प्रमुख विद्यासुन्दर शाक्यसंग छलफल भइरहेको छ ।”

उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्र्याक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ ।
रासस

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ००:००