१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुगमन नहुदा खोलाजन्य पदार्थको चोरी–निकासी



९ वैशाख, नवलपरासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ ।

गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्कर खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ ।

रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र भक्सट निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन् ।

यद्यपि खोलामा अलिहेसम्म ठेक्का लाग्न सकेको छैन । खोलामा दिनहुँ करीब १०० ट्र्याक्टर खोलाबाट अवैध उत्खनन गरी बालुवा तथा भक्सट चोरी गरी बिक्री वितरण गरिरहँदा रामग्राम नगरपालिका मौन बसेको छ ।

नगरपालिका तथा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन् । तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडै खोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ ।

यसरी खोलाबाट दिनहुँ लाखौँ रकमको खोलाजन्य पदार्थको चोरी तस्करी भइरहँदा सम्बन्धित निकाय चुपचाप बसेको छ ।
रासस

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतबार ००:००